ईयूको प्रतिवेदन सार्वभौम राष्ट्रमाथि हस्तक्षेप भएको गच्छदार टिप्पणी
१४ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलेे युरोपियन युनियनको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता गच्छदारले भने, ‘नेपालको संविधानले दिएको आरक्षणका विषयमा के सही के गतल भनेर बोल्ने अधिकार युरेपेली संघलाई छैन ।’
कांंग्रेस नेता गच्छदारले वर्तमान सरकारकोे काम कारबाहीका विषयमा टिका टिप्पणी गर्न नहुने बताए । एक सय दिन पुरा नभएको अवस्थामा अहिले नै सरकारको काम कार्वाहीलाई लिएर टिप्पणी गर्न नहुने उनको भनाइ थियो ।