\
राजनीतिहेडलाइन

वर्षमान पुन स्वास्थ्य उपचार गर्न थाइल्याण्डको बैंकक प्रस्थान

काठमाडौँ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् ।

उनी आज बुधबार बिहान ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् ।

पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन आज बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक लागेका हुन् । पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लागिएको हो ।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लगिएको बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ ।

Leave a Reply