प्रधानमन्त्री ओलीले बोलाए सबै विदेशी राजदूतलाई बालुवाटारमा
१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौस्थित विदेशी कुटनीतिज्ञहरूसँग मंगलबार छलफल गर्दैछन् ।
सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन मंगलबार अपराह्न १२ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयको संयोजनमा हुन लागेको बैठकमा कुटनीतिज्ञले पछिल्लो समय आफूखुसी प्रदेशमा गरेका भेटघाटलगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको अधिकारीले बताए ।