*देउवाले बचाए खुस्किन लागेको आफ्नै सासूको राजदूत पद
काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खुस्किन लागेको आफ्नै सासूको राजदूत पद बचाएका छन् । यद्यपि मन्त्रिपरिषद्को आजको बैठकले सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यो निर्णयसंगै आफ्नै सासू प्रतिभा राणाको राजदूत पद समेत चट् हुनु पर्ने हो तर देउवा सरकारले ओली सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई मात्र फिर्ता बोलाउने निर्णय गरेको भनेर पन्छिएको छ ।
२०७३ सालमा देउवा आफैले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको पद पनि खुस्किन लागेको थियो । देउवाले यस्तो निर्णय गरेसंगै अव उनको सामाजिक संजालमा आलोचना शुरु हुने देखिन्छ ।
पूर्णबहादुर खड्का नेतृत्वकाे कार्यदलकाे सुझाव अनुसार ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता बाेलाइएकाे हाे । यद्यपि बालुवाटार स्रोतका अनुसार जापानकी राजदूत प्रतिभा राणालाई ओली सरकारले नियुक्त नगरेकोले भने उनको पद जोगिने भएको छ ।
देउवा सरकारको यो निर्णयसंगै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेरेको हेर्यै भएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिका लगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् ।
संयुक्त राज्य अमेरिकाका लागि डा. युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायतका सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ ।
यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फिर्ता हुनुपर्ने छ ।
यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य, स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा लगायतका राजदूतसमेत फिर्ता हुनेछन् । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो ।
राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो । यसबाहेक अन्य देशमा पनि परराष्ट्र मन्त्रालयका कर्मचारी भएका कारण नियुक्त भएकाबाहेक सबै राजदूत फिर्ता हुने छन् ।
राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।
*’देउवाले बचाए खुस्किन लागेको आफ्नै सासूको राजदूत पद’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक
यो पनि पढ्नुहोस्
देउवा सरकारद्वारा ओली सरकारले नियुक्त गरेका सबै राजदूतको पद चट्
यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका पाँच महत्वपूर्ण निर्णयहरु
देउवा सरकारको निर्णय : दुईवटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने
राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय