ईश्वर पोखरेलको दावी : एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन्
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने टिप्पणी गरेका छन् । आज शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको दावी गरेका हुन् ।
उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनको भनाइ छ । उनले नेकपा(एमाले) ले बोकेको चरित्र भनेको विभाजन, विखण्डन नभएर एकताको पक्षमा दृढतापूर्वक उभिने भएको स्पष्ट पारे ।