प्रतिनिधिसभाको आजको बैठकमा पनि एमाले सांसदको नाराबाजी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पारेका छन् ।
एमालेले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अनिप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।
आइतबार सभामुखले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।