एमसीसी उपाध्यक्षका साथै बीजेपी नेता पनि आइपुगे काठमाडौँ
काठमाडौँ । कडा सुरक्षाका साथ काठमाडौँ आइपुगेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारका साथै भारतीय जनता पार्टी (बीजेपी) का नेता राम माधव पनि नेपाल आइपुगेका छन् ।
यसरी एकपछि अर्को विदेशी राजधानी काठमाडौँ आएर सक्रिय भएका छन् । महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको विषयलाई लिएर नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको थियो ।
देशभर चौतर्फी आलोचना भएपछि देउवा सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारतलाई कुटनीतिक नोट पठाएको थियो । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको थियो ।
यसरी महाकाली तुइन घटना र हेलिकोप्टर प्रकरणमा नेपाल र भारतवीचको सम्वन्ध खटपट भएको बेला बीजेपी नेता राम माधवको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
उनी भारतीय जनता पार्टीका पूर्व विदेश विभाग प्रमुख थिए भने हाल उनी बीजेपीको राष्ट्रिय स्वयंसेवक संघको राष्ट्रिय कार्यकारी पनि हुन् ।
यो पनि पढ्नुहोस्
भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?
अन्तत: काठमाडौँ आइपुगिन् एमसिसीकी उपाध्यक्ष फतिमा सुमार
दार्चुला घटना र हेलिकप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट