\
राजनीतिसुदूरपश्चिम प्रदेशहेडलाइन

एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

Leave a Reply