सभापतिमा साझा उम्मेदवार खोज्छौं : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।
पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दै वडा अधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेको भन्दै सभापतिमा एउटै उम्मेदवार बनाउने बताएका हुन् ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बचाउन हामी एक भएर अगाडि बढ्ने दावी गरे । उनले आफूहरुको एकता महाधिवेशनसम्मै अटुट रहने दावी गरे ।