\
राजनीतिहेडलाइन

निर्वाचन आयोगले संसद् सचिवालयमा पठायो नेपाल र ठाकुरको पार्टी दर्ताको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता भएको पत्र संसद् सचिवालयलाई पठाएको छ । आयोगले यी दुई पार्टी राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई शुक्रबार पत्र पठाएर जानकारी गराएको हो ।

माधव कुमार नेपालको नेतृृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बुधबार आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएर दर्ता भएका थिए । आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एस) र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका थिए । एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले हस्ताक्षर गरेका थिए ।
निर्वाचन आयोगले संसद् सचिवालयमा पठायो नेपाल र ठाकुरको पार्टी दर्ताको पत्रनिर्वाचन आयोगले संसद् सचिवालयमा पठायो नेपाल र ठाकुरको पार्टी दर्ताको पत्र

Leave a Reply