एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिने घोषणा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै राजीनामाको घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएको बताए ।