\
राजनीतिहेडलाइन

सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कारबाहीमा परेका लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले दधिराम न्यौपाने र दिनेश पन्थीलाई गत चैत २२ गते निष्कासनको कारवाही गरेको थियो । त्यसपछि उनीहरुले प्रदेशसभा सदस्य पद गुमाएका थिए ।

Leave a Reply