\
मुख्य समाचारराजनीति

अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने सांसदहरु खोइ कता गए ? : शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने सांसदहरु कता गए ? भनेर प्रश्न गरेकी छन् ।

सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै उनले पहिला केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने त्यति बेलाका बिपक्षी दलका तर अहिलेका सत्ता पक्षका सांसदहरु अहिले चुप लागेर बसेको सांकेतिक रुपमा आरोप लगाएकी छन् ।

उनले केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेशमा केन्द्रिय कमिटी र संसदमा ४०% भनेकोमा र को ठाउँमा वा राखिएको थियो तर पनि कांग्रेस, प्रचण्ड, बाबुरामहरु र हाम्रो आफ्नै पार्टीका नेताहरुको बिरोध गरेपछि ओलीले फिर्ता लिएको स्मरण गराएकी छन् ।

उनले तर आज के भयो ? भनेर प्रश्न गर्दै त्यतिखेर १० हात उफ्रेर बिरोध गर्ने आज कता गए खै ? भनेर गम्भीर प्रश्न गरेकी छन् । देउवा सरकारले अध्यादेश ल्याएको बारेमा चौधरीले देउवा, प्रचण्डदेखि विश्वप्रकाशसम्मको आलोचना गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रचण्डले जवाफ दिएको खै ? बाबुरामको ट्युटर केही दिन देखि प्रतिक्रिया बिहिन छ, नारायणकाजी बोल्न पर्दैन ? कृष्ण सिटौला, विश्वप्रकाशहरु किन चुप ? अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने सांसदहरु कता गए ?’

Leave a Reply