नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो ।
कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।
देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै एमालेको ओली समूहले कारबाही गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नुपर्ने अडान लिएको छ । एमालेको निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
एमालेले देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि सोको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय गरेको छ । एमालेले आफ्नो पार्टीमा विभाजन ल्याउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै यसविरुद्ध गम्भीर खबरदारी र सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
२०७७ वैशाखमा तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा विरोध भएको र राष्ट्रपतिले हतारहतार प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई सहज बनाएको आरोप लागेको स्मरण गर्दै उनले सो आलोचनावारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
यो पनि पढ्नुहोस्
ओलीले पठाए आयोगमा २६० केन्द्रीय सदस्यको सूची, ८ सांसदलाई कारवाही गर्ने तयारी
दल विभाजन सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने एमालेको अडान
नेपाल समूह अध्यादेश जारीलगत्तै नयाँ दल दर्ताको तयारीमा
ओली समूहको बैठक च्यासलमा, नेपाल समूहको बैठक नयाँ बानेश्वरमा
देउवा सरकारले ल्यायो अध्यादेश : अव २० प्रतिशतले पार्टी फुटाउन पाउने
सरकारलाई एमालेको चेतावनी : दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्छौं