\
मुख्य समाचारराजनीति

”भिडियो बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस् ।”

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका यूवा नेता धनराज गुरुङले “मलाई शेरबहादुर मनपर्छ” भन्ने पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रबृत्तिबिरुद्ध कडा आपत्ति जनाएपछि देउवाले सो भिडियो बन्द गर्न निर्देशन दिएका छन् ।

सामाजिक संजाल ट्वीटर आज दिउसो लेख्दै गुरुङले कांग्रेस केन्द्रीय समिति बैठकमा “मलाई शेरबहादुर मनपर्छ” भन्ने भिडियो सन्दर्भ आफूले उठाएपछि सभापति देउवाले “त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस् ।” भन्ने जवाफ दिएको गुरुङले स्पष्ट पारेका छन् ।

गुरुङले पार्टी सभापति देउवाले बोलेको कुरा कार्यान्वयन हुनेमा आफूले विस्वास लिएको उल्लेख गरेका छन् । केहि समयअघि मात्र ट्वीट गर्दै गुरुङले “I love you बा” भन्नेहरुले नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्‍याएको भनेर स्मरण गराएका थिए ।

उनले सभापति देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि “मलाई शेरबहादुर मनपर्छ” भन्ने प्रबृत्ति सुरु भएको भिडियो देख्दा आफू झसङ्ग भएँको अनुभूति व्यक्त गरेका थिए । साथै उनले आफ्नै पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई यस्तो प्रबृत्तिबाट सजग हुन आब्हान गरेका थिए ।

उनले लेखेका छन्,’कांग्रेस केन्द्रीय समिति बैठकमा : “मलाई शेरबहादुर मनपर्छ” भन्ने भिडियो सन्दर्भ मैले उठाएपछि सभापति ज्युले “त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस् ।” भन्ने जवाफ पाएँ ।उहाँले बोलेको कुरा कार्यान्वयन हुने विस्वास लिएको छु ।’

यो पनि पढ्नुहोस्

“मलाई शेरबहादुर मनपर्छ” भन्ने प्रबृत्तिबिरुद्ध धनराजले जनाए कडा आपत्ति

Leave a Reply