केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अध्यक्ष ओली संसदमा पहिलो पटक बोल्न लागेका हुन् ।
ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा प्रमुख प्रतिपक्ष दल एमालेबाट प्रवक्ता प्रदीप ज्ञवालीले संसदमा सम्वोधन गरेका थिए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।