नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक सोमबार दिउँसो तीन बजे बस्ने गरि सकेको हो । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।
सचिव तामाङका अनुसार भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।