संसद विघटनमा ओली मात्रै जिम्मेवार नभएको नारायणकाजीको दावी
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका श्रेष्ठले राष्ट्रियसभाको विशेष समयमा बोल्दै एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।
“यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन”, उनले भने, “सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।”