\
मुख्य समाचारराजनीति

पुनः थपिए तीन मन्त्रालय, प्रम कार्यालयसहित २१ मन्त्रालय पुग्ने

२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थपेका छन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ ।

देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गरेका हुन् ।

थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाइएको हो ।

ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबवाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् ।

त्यसैगरी ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ । अबवाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएका छन् ।

Leave a Reply