\
राजनीतिहेडलाइन

पराजुलीले राष्ट्रपतिलाई राजीनामा बुझाए

१ चैत, काठमाण्डौ । न्याय परिषदवाट बुधबार पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदवाट राजीनामा दिएका छन् ।

न्यायपरिषदले पराजुलीलाई बुधबार उमेरका कारण पदमुक्त भएको पत्र बुझाएको थियो । पराजुलीले बिहीबार राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाएका हुन् ।

गत साउन २१ मै ६५ वर्ष पुगिसकेका पराजुलीले चैत १ गतेदेखि लागुहुने गरी पदवाट राजीनामा गरेका छन् ।

Leave a Reply