माओवादी केन्द्रको बैठक बस्दै, मन्त्रीको नाम टुङ्गो लगाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । स्रोतका अनुसार सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता सुदन किराँतीले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।
स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, वर्षमान पुन, देव गुरुङलगायत नेताहरु मन्त्री बन्ने पक्का भएको छ।