ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको नारायणकाजीको आरोप
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । नेता श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए ।
सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए। “उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो”, नेता श्रेष्ठले भने।
अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उनले भने, ‘बरु विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्याउनु भएको छ । यो क्षम्य छैन ।’