\
राजनीतिहेडलाइन

नेपालमा भ्रष्टको साम्राज्य छ : गृहमन्त्री बादल

२७ फागुन, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् ।

गृहमन्त्री बादलले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले हातमा लिएको बताएका हुन् । ‘अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ,’ गृहमन्त्री बादलले भने, ‘भ्रष्टको सामाज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेको भन्दै मन्त्री बादलले त्यस्ता सूचना उपलब्ध गराउन पत्रकारलाई आग्रह गरेका थिए ।

Leave a Reply