\
मुख्य समाचारराजनीति

विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न मुख्यमन्त्री राईको आग्रह

२६ फागुन, काठमाण्डाै । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । राईले भने,‘विप्लव समूह अब संविधानको मुल दायराभित्र आएर हिँड्नुको विकल्प छैन, सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरताका साथ प्रस्तुत हुन्छ ।’

उनले मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएकोले अब आर्थिक क्रान्ति, सुशासन, स्थायी शान्ति र दिगो विकास हाँसिल गर्ने बाटोमा हिँड्ने समय आएको स्पष्ट पारे । उनले भने,‘अबको युग भनेको स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकासको हो, यसको लागि सरकार गम्भिर भएर लागिपर्छ ।’

मुख्यमन्त्री राईले आगामी चैत्र १५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीच बृहत्त एकता घोषणा हुने पनि जनाए । उनले भने,‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत्र १५ गतेभित्रै पार्टी बाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ ।’

Leave a Reply