\
मुख्य समाचारराजनीति

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् ।

संवैधानिक परिषद्को सिफारिश बमोजिम राष्ट्रपति भण्डारीले रेग्मीलाई अध्यक्षमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

यस्तै सदस्यहरूमा कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल, महोत्तरीकी मञ्जु कुमारी नियुक्त भएका छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिश गरेकोले उनीहरुलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

Leave a Reply