\
राजनीतिहेडलाइन

पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्य : नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल हुन नपाओस्

काठमाडौँ । पाँच पूर्वप्रधानमन्त्रीहरूले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्ने कुरामा सजगता अपनाउनु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने जनाएका हुन् ।

उनीहरुद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’

‘नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यबद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपील गर्दछौं,’ उनीहरुद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ ।

यस्तै उनीहरुले कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरूलाई आग्रह गरेका छन् ।दीर्घकालीन प्रकृतिका काम नगर्न केपी नेतृत्वको काम चलाउ सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले सरकारले गरेको अलोकतान्त्रिक कदमको आलोचना समेत गरेका छन् ।

यस्तो छ पाँच पूर्वप्रधानमन्त्रीहरुद्वारा जारी गरिएको संयुक्त वक्तव्य
पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यपाँच पूर्वप्रधानमन्त्रीको वक्तव्य

Leave a Reply