नेपाल समूहको बैठकमा घनश्याम भुसालले दिए यस्तो महत्वपुर्ण धारणा
काठमाडौं । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहको केन्द्रीय कमिटी भर्चुअल बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको भर्चुअल बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकताका लागि भएका प्रयास र सम्भावनाबारे नेताहरूले आफ्ना धारणा राखिरहेका छन् ।
उक्त बैठकमा नेताहरु घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई पनि बैठकमा सहभागी छन् ।
बैठकमा बोल्दै घनश्याम भुसालले आफूहरुले पार्टी एकता बचाउन गरेको इमान्दार प्रयासलाई ओली समूहले दाउपेचका रुपमा लिएकाले ओलीसँग मिल्ने सम्भावना कमजोर बनेको धारणा राखेका छन् । बैठकमा ८६ जना केन्द्रीय सदस्यले भाग लिएका छन् ।