\
राजनीतिहेडलाइन

संसदीय दलको नेतामा देउवा नै विजयी

२१ फागुन, काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सिंहदरवारमा विहान १० बजे देखि सुरु भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।

कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए ।

Leave a Reply