\
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकलेको आरोप लगाएका छन्।

ओलीले विदेशी गुप्तचरसंग राती साउती गर्ने, राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने काम गरेको बताएका छन्।

उनले लेखेका छन्, “राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।”

Leave a Reply