\
राजनीतिहेडलाइन

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहका १२ जनालाई कारबाहीको तयारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक बोलाइएको छ । बैठकमा हिजो शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीभित्रको विवादबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि बसेको एमालेको स्थायी कमिटी बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका १२ सांसदसँग स्पष्टीकरण मागेको थियो । ती सांसद्लाई सोधिएको स्पष्टीकरणबारे पनि आजको बैठकले निर्णय गरी कारबाही गर्न सक्ने सम्भावना समेत रहेको छ ।

गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply