\
राजनीतिहेडलाइन

प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंहरूलाई न्यायाधीश छान्‍ने अधिकार छैन’

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आज पनि जारी रहेको छ । ​प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश छान्‍ने अधिकार अधिवक्ता र रिट निवेदकलाई नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् । कानुन व्यवसायी मिथलेश कुमार सिंहले बहस गरिहरेका बेला प्रधानन्यायाधीशले भने, ‘तपाईंहरूलाई न्यायाधीश छान्‍ने अधिकार छैन ।’

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने जिकिर गरे ।

तर इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले ‘बायस’ नहुन आग्रह गर्दै अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै उनले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गरेका छन् । जवाफमा वरिष्ठ अधिवक्ता थापाले उनलाई त्यस्तो लागे बिदा बस्न सुझाव दिएका छन् ।

Leave a Reply