\
राजनीतिहेडलाइन

राज्यका सबै अंगलाई विपक्षी गठबन्धनको चेतावनी : असंवैधानिक सरकारका अवैधानिक काममा साथ नदिनु

काठमाडौँ । विपक्षी गठबन्धनको बैठकले असंवैधानिक सरकारका अवैधानिक काममा साथ नदिन राज्यका सबै अंगलाई आग्रह गरेको छ । विपक्षी गठबन्धन देश र जनतालाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न भन्दै ती काममा सहयोगी नबन्न राज्यका निकायलाई चेतावनी दिएको छ ।

आज आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरिएको हो ।

आज बसेको बैठकले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रस्तुती लगायतका थप असंवैधानिक कदमको भर्त्सना समेत गर्दै सबै दलका कार्यकर्ता र आम जनसमुदायलाई निरन्तर खबरदारी गर्न आग्रह गर्दै सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना हुने विश्वास समेत गरेको छ ।

यस्तो छ विपक्षी गठबन्धनले निकालेको संयुक्त वक्तव्य

यस्तो छ विपक्षी गठबन्धनले निकालेको संयुक्त वक्तव्य

Leave a Reply