\
राजनीतिहेडलाइन

विपक्षी गठबन्धनका शीर्ष नेताहरु देउवा निवासमा, सरकारविरुद्ध रणनीति बनाइँदै

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ । केपी ओली नेतृत्वको सरकारविरुद्ध थप रणनीति बनाउन विहान साढे ९ बजेबाट बैठक जारी रहेको हो ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, ज्ञानेन्द्रवहादुर कार्की, पुष्पा भुसाल, राधेश्याम अधिकारी लगायत सहभागी छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल समूहबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् ।​ जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सहभागी छन् ।

देउवा निवासमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

Leave a Reply