चुनाव मार्फत कांग्रेस संसदीय दलको नेता चयन हुने
२० फागुन, बुटवल । प्रदेश नं. ५ को कांग्रेस संसदीय दलको नेता छनोटका लागि चुनाव हुने भएको छ । सहमतिका आधारमा प्रदेश ५ को संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको थियो । खाँणको निरन्तरको प्रयास सार्थक हुन नसकेपछि चुनाव हुन लागेको हो ।
कांग्रेस नेता खाँणले आकांक्षीहरुले दाबी नछाडेपछि चुनाव गर्न लागिएको बताए । मनोनयनका लागि दिएको समयसीमामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सांसदहरु वलदेव शर्मा पोखरेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खां र डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिकाले जानकारी दिएको छ ।