\
राजनीतिहेडलाइन

राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज विहीबार हुँदैछ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलि जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

रिट निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । सबै रिटमा विपक्षी राष्ट्रपति कार्यालयलाई बनाइएको छ ।प्रधानन्यायाधीशको एकल इजलासले निवेदकहरूका माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे आदेश गर्नेछ ।

संसद पुनः स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले हस्ताक्षर सहित निवेदन दर्ता गरेका छन् ।

Leave a Reply