\
राजनीति

विद्यार्थी अध्यक्षको चेतावनी, महन्थ ठाकुरलाई कलंकको टीका लाग्छ

काठमाडौं । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरले मन्त्रीकै लागि पार्टी फुटाउन खोजेको आरोप लगाएका छन्। ठाकुरले यो उमेरमा आएर पनि मधेसी जनताको एकताबाट बनेको जसपा पार्टी फुटाएर राजपा बनाए दु:खद हुने श्रेष्ठले बताएका छन्।

उनले लाई मधेसलाई घात गरेको कलंकको टीका लाग्ने बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “बृद्ध नेता महन्थ ठाकुर जीले यो उमेरमा आएर पनि मधेसी जनताको एकताबाट बनेको जसपा पार्टी फुटाएर राजपा बनाए दु:खद हुनेछ । मधेसी जनताको भावना बिपरित हुनेछ । उहाँलाई मधेसलाई घात गरेको कलंकको टीका लाग्नेछ । मन्त्रीकै लागि पार्टी फुटाउनु त भएन नि!”

Leave a Reply