राष्ट्रपतिलाई तिमी भनेकोमा ओलीलाई चित्त दुखेछ, बिचरा : गगन थापा
नेपाली कांग्रेसना युवा नेता गगन थापाले राष्ट्रपतिलाई तिमी भनेकोमा केपी शर्मा ओलीलाई चित्त दुखेछ,बिचरा भन्दै व्यंग्य गरेका छन्। ओलीले राष्ट्रपति र प्रधानमन्त्री जस्तो व्यक्तिलाई तिमि भनेको भन्दै आपत्ति जनाएका थिए।
थापाले लेखेका छन्, “राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा!
गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!!
“सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।”