महन्थ ठाकुरको प्रधानमन्त्री बन्न हैसियत नभएको भन्दै श्रेष्ठले दिए कडा प्रतिक्रिया
काठमाडौं । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरको प्रधानमन्त्री बन्न हैसियत नभएको बताएका छन्।
ठाकुरलाई प्रधानमन्त्री बनाउने तयारी चलिरहेको समयमा श्रेष्ठले यस्तो बताएका हुन्। उनले सामाजिक संजालमा लेखेका छन् “महन्थको प्रधानमन्त्री बन्ने हुती छैन। प्रधानमन्त्रीबन्न पनि ह्याउ चाहिन्छ नि!”