\
मुख्य समाचारराजनीति

भीम रावलले पाए नेपाल समूहको कार्यदलको प्रमुखको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ‘वान टू वान’ वार्ता जारी रहेको छ ।

उक्त वार्ताबाट कार्यदल बनाएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता छन् । नेकपा एमालेको विवाद समाधानका लागि माधव नेपाल समूहवाट भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गर्ने भइएको छ । नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

Leave a Reply