जनताको जीवन रक्षा गर्न ओलीको साथमा उभिनेछौं : गगन थापा
काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा उभिने दृढता व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा भिडियो सन्देशमार्फत उनले कोरोना महामारीसँग जुध्न थापाले पधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीले फेरि एकपटक प्रधानमन्त्री हुने मौका पाएकोले अब केही दिन अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न प्रधानमन्त्री ओली बिनम्र अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘.@PM_Nepal ज्यू, फेरी एकपटक मौका पाउनु भएको छ । अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं।’
https://twitter.com/thapagk/status/1393480681930452997