कोरोना संक्रमण तीव्र बढेपछि राप्रपाको महाधिवेशन स्थगित
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र बढेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ । पार्टीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
कोभिड-१९ को महामारी भयावह बन्दै गएकोले २०७८ जेठमा हुने भनिएको राप्रपा महाधिवेशन हाललाई स्थगित गरिएको राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटरमार्फत दिएका छन् ।
कोभिड-१९ को महामारी भयावह बन्दै गएकोले २०७८ जेठमा हुने भनिएको राप्रपा महाधिवेशन हाललाई स्थगित गरिएको छ pic.twitter.com/noN9j9frm4
— Kamal Thapa (@KTnepal) May 15, 2021