उपेन्द्र यादवको आरोप : ओलीले जसपा सांसदलाई रिसोर्ट लगेर लुकाए
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्ता समीकरण गरेर ठूलो पदको आशा राखेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको सपना पनि चकनाचूर भएको छ ।
नयाँ सरकार बनाउन असफल देउवा असफल भएसंगै जसपाभित्र महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको विजय भएर खुशियाली छाएको छ भने डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षमा निराशाको कालो बादल छाएको छ । जसपाभित्र यी दुवै पक्षको सफलता र असफलतालाई जसपामा ठूलो प्रतिष्ठाको रुपमा हेरिने भएकोले नेपाली राजनीतिमा भविष्यमा विशेष चासोका साथ विश्लेषण हुने निश्चित जस्तै छ ।
जसपाका अध्यक्ष ठाकुर-महतो पक्षले आफ्ना सांसदलाई बैठकका लागि भन्दै भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा पुर्याएसंगै देउवालाई प्रधानमन्त्री बनाउने उपेन्द्रको सपना साकार हुन सकेन । जसपमा उनको पक्ष पूर्ण रुपमा असफल नै भएको छ ।
यता उपेन्द्र यादवले आफ्नो दलका केही सांसदहरुलाई प्रधानमन्त्री केपी ओलीले भक्तपुरस्थित एक रिसोर्टमा लगेर थुनेको आरोप समेत लगाएका छन् । तर पार्टीका अर्का अध्यक्ष ठाकुरले सांसदहरूले लगे नलगेकोबारे आफूलाई थाहा नभएको भन्दै यादवले ओलीलाई दोष देखाउदै पार्टी विभाजन हुन्छ कि भनेर ठाकुरलाई आरोप लगाएनन् ।