माधव नेपालसहित एमालेका चार नेतामाथि गरिएको कारवाही फुकुवा
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
पार्टीको एकतालाई ध्यानमा राखी एमाले स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
पार्टीलाई एक बनाउन अध्यक्ष ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको हो ।
साथै देशको वर्तमान राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी ओलीलाई दिएको बताइएको छ ।
पार्टीको एकतालाई ध्यानमा राखी नेकपा (एमाले) स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू- माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको छ।
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) May 13, 2021