सांसद पदबाट राजीनामा दिँदै योगेश भट्टराई
काठमाडौं । एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २१ जना सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नेपाल र खनाल समूहका सबै सांसदहरुले सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।
सांसद योगेश भट्टराईले पनि राजीनामा दिन तयार भएका छन् ।