लुम्बिनीमा पदमुक्त भएका जसपाका २ सांसद पुन: बने मन्त्री
बुटवल । लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टी (जसपा) का पदमुक्त भएका ४ जना प्रदेशसभा सदस्यहरुमध्ये २ जना सांसदहरू सन्ताेष पाण्डे र बिजय कुमार यादव पुनः मन्त्री भएका छन् । ४ दिनअघि मात्र लुम्बिनी प्रदेशसभाले सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे गरी ४ जना पदमुक्त गरेको जनाएको थियो ।
मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डेलाई यसअघि नै सम्हाल्दै आएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र बांकेका विजयकुमार यादवलाई कृषि मन्त्रालयकाे जिम्मेवारी दिएर सपथ गराएका हुन् ।
यसरी पार्टीको निर्देशन विपरीत मन्त्री बनेपछि ६ बैशाख गते सोमबार जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका यी ४ जना सांसदसँग स्पष्टीकरण सोधेका थिए ।
मन्त्री पदवाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएकोले जसपाले प्रदेशसभा सचिवालयमा निलम्बनको लागि सिफारिस गरेपछि लुम्बिनी प्रदेशसभाले कानुनी प्रक्रिया अवलम्बन गर्दै उनीहरुलाई पदमुक्त भएको सूचना जारी गरेको थियो ।
यो पनि पढ्नुहोस्
लुम्बिनीमा पार्टीको निर्देशन विपरीत मन्त्री भएका ४ जसपाका सांसद पदमुक्त
पहिलो गाँसमै ढुंगा : मन्त्रीको सपथ लिएको २ घण्टा नबित्दै राजिनामा दिन जसपाको अल्टिमेटम
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता