आइतबार सम्ममा मन्त्रीको टुंगो लाग्ने प्रचण्ड दावी
१२ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रीको टुंगो लाग्ने बताएका छन्।
प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले आइतवार बेलुकासम्म सवै मन्त्रीको टुंगो लाग्ने बताए । उनले भने, ‘भोलि वेलुकासम्म सवै मन्त्रीको टुंगो लाग्छ, पर्सि ३ बजे सपथका लागी राष्ट्रपति समक्ष अनुरोध गर्ने प्रधानमन्त्रीसँग कुरा भएको छ ।’
पार्टी एकता कार्यदललाई १५ दिनको समय दिइएको भन्दै उनले समयमा नै काम सकेर औपचारिक एकता घोषणा गरिने बताए । वाम दुई ठूला दल मिलेपछि अवस्था संवेदनशील बनेको भन्दै उनले सवै सर्तक रहनुपर्ने टिप्पणी गरे ।