\
राजनीतिहेडलाइन

जसपा विभाजन : बाबुराम उपेन्द्रको निर्णयविरुद्ध महन्त पुगे निर्वाचन आयोग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेपछि जसपा विभाजन हुने निश्चित जस्तै देखिएको छ ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ । ​

जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ४ जना सांसदलाई बिहीबार कारवाही गरेको थियो । सो कारबाहीको ठाकुरले विरोध गर्दे कारवाही ‘भएको छैन’ भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन् ।

Leave a Reply