\
मुख्य समाचारराजनीति

एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

११ फागुन, काठमाण्डौ । नेकपा एमालेले पार्टीको तर्फवाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन स्थायी कमिटी बैठक आज बस्दैछ ।

एमाले र माओवादीवीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने मन्त्री छान्न बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएको छ ।

Leave a Reply