\
राजनीतिहेडलाइन

कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने प्रधानमन्त्री ओलीको दावी

१० फागुन, चन्द्रागिरि । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा पुग्नु भएको छ । दहचौकमा पुगेर प्रधानमन्त्री ओलीले कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ ।

आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उहाँले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताउनु भएको हो ।

‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ”–उहाँले भन्नुभयो, ‘‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवद्र्धन गर्न जरुरी रहेको छ ।”

उहाँले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताउनुभयो ।

यसभन्दा अघि ठिक एक वर्ष अगाडि आजैका दिन आफू यहाँ आएको स्मरण गर्दै ओलीले भन्नु्भयो, “म गतवर्ष आजकै दिन यहाँ आउँदा भन्दा अलि विकास भएको पाएको छु । अब फेरि पनि अर्को वर्ष यही दिन यहाँ आउँदा झनै विकास हुनेछ ।” उहाँले आफूले नै यस ठाउँलाई सु्न्दर बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रमा आलेमगर र चन्द्रागिरि नगरपालिकाका प्रमु्ख धनराज गिरीले काठमाडौँदेखि नजिक रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply