बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक शुरु भएको हो ।
पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो । यसरी ओलीले आकस्मिक बैठक डाक्नुले नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ? भन्ने जस्ता जिज्ञाषा बढेको छ ।
वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको २ दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सुइँको थाहा पाएपछि ओलीले बालुवाटारमा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका हुन् ।
ओलीले नेपाल समूहका केही सांसदलाई निष्कासनको तयारी गरी दशौं महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने बुझिएको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित ४ जना र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावको त्रास : नेपाल समूहका सांसदको पद हुँदै चट् !
ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ?